logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • आज दुवै सदनको बैठक बस्ने, यस्ता छन् कार्यसूची

    आज दुवै सदनको बैठक बस्ने, यस्ता छन् कार्यसूची

    715
    SHARES
    आज दुवै सदनको बैठक बस्ने, यस्ता छन् कार्यसूची

    काठमाण्डौ । सङ्घीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेश गर्ने सम्भावित कार्यसूची छ।



     

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, राष्ट्रिय सभाको बैठक १ः१५ मा बस्दैछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची छ।

     

    संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।


    अर्थ चौतारी
  • मंगलबार, २७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट