logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • दैनिक जीवनका लागि आईटी अपरिहार्य बन्यो: प्रधानमन्त्री

    दैनिक जीवनका लागि आईटी अपरिहार्य बन्यो: प्रधानमन्त्री

    806
    SHARES
    दैनिक जीवनका लागि आईटी अपरिहार्य बन्यो: प्रधानमन्त्री

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिस (इन्फरमेसन टेक्नोलोजी) आईटीबिना चल्ने नसक्ने अवस्थामा पुगेको बताएका छन्।



    राष्ट्रिय युवा संघले नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आईटी दैनिक जीवनका लागि अपरिहार्य भइसकेको बताएका हुन्।

     

    ‘मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र अत्यावश्यक भइसकेको छ,’ उनले भने, आईटीबिना हामी चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ।’

     

    ओलीले आईटीको प्रयोग देश र समाजलाई सुव्यवस्थित, सभ्य र उन्नत बनाउने काममा हुनुपर्नेमा पनि जोड दिए। ‘देशमा सुशासन अझ सुदृढ गर्न आईटीको प्रयोग हुनुपर्छ,’ ओलीले भने, ‘आईटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्छ।’

     

    आईटीको माध्यमबाट समाजमा पारस्परिक रुपमा मानवीय भावना, प्रेस सद्भाव, सहिष्णुता विकास गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘यही कुरालाई मध्यनजर गर्दै आईटीलाई डिजिटल नेपालको नाराका साथ हामीले अघि बढाएका छौँ। सिंगो देशलाई डिजिटलाइज गर्ने हाम्रो लक्ष्य छ। मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि यसलाई प्राथमिकता दिएको थिए,’ ओलीले भने।

     

    उनले प्रविधिको प्रयोग शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा हुनुपर्ने र समाजलाई लाभान्वित गर्नुपर्ने बताए। ओलीले एसईईको नजिता आईटीकै माध्यमबाट सुधार गर्न सकिएको तर्क गरे। ‘४८ प्रतिशतको नतिजालाई अनलाइन कक्षामार्फत् हामीले यस वर्ष ६२ प्रतिशत पुर्याएका छौँ। १४ प्रतिशतले एसईई नतिजामा सुधार आयो। यो आईटीकै प्रतिफल हो,’ उनले भने।

     

    अनलाइन स्वास्थ्य परीक्षण, उपचार जस्ता कुरामा पनि अस्पतालले आईटीको प्रयोग सुरु गरेका भन्दै उनले ठूला अस्पतालले साना अस्पताललाई सेवा प्रवाहमा पनि आईटीले सहयोग गरेको बताए। उनले एक वर्षको अवधिमा आईटीको असाधारण ढंगले बढोत्तरी भएको दाबी गरे।

     

    उनले युवाहरुले आईटी क्षेत्रमा विभिन्न ढंगले नलेज लिइरहेका भन्दै उनले आईटीले रिसर्चमा ठूलो मद्दत गरेको बताए। ‘समाज परिवर्तन, मान्छे, अर्थतन्त्र, शिक्षा स्वास्थ्यको विकासमा आईटीको प्रयोग बढ्दै गएको छ,’ उनले भने।

     

    आईटीलाई ठिक ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले यसको दुरुपयोग पनि हुन सक्ने तर्फ रचेत रहनुपर्नेमा जोड दिए। ‘मिस र डिस इन्फरर्मेसन पनि प्रवाह भएका छन्। यसप्रति सजग बन्नुपर्छ,’ उनले भने।

     

    प्रेस स्वतन्त्रता हुनुपर्ने तर, समाजलाई हानी होइन, फाइदा पुग्नेगरि हुनुपर्नेमा उनको जोड छ। ‘हाम्रो राष्ट्रिय आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो। त्यसको प्राप्तीको लागि पनि आईटीको परपुर उपयोग हुनुपर्छ। देश र जनता, समाज र मानव जातिको लागि यसको सदुपयोग हुनुपर्छ,’ ओलीले भने।

     

    उनले यसमा युवा संघले आयोजना गरेको सुचना प्रविधि सम्मेलनले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे।


    अर्थ चाैतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट