logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, १००% हकप्रदको अजेन्डासहित साधारणसभा पनि आह्वान

    युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, १००% हकप्रदको अजेन्डासहित साधारणसभा पनि आह्वान

    1.3K
    SHARES
    युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, १००% हकप्रदको अजेन्डासहित साधारणसभा पनि आह्वान

    काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश छन्।



    लाभांश पारित गर्न कम्पनीले आउँदो असोज २३ गते वार्षिक साधारणसभा डाकेको छ। सभा ललितपुरको तीखेदेवलस्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

     

    सभाले आर्थिक वर्ष २०७९।८० देखि आर्थिक वर्ष २०८१।८१ सम्मको सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेस गर्ने वार्षिक प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले त्यस अवधिको लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

     

    लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • सोमबार, ३० भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट