logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने म्याद थपियो

    सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने म्याद थपियो

    1K
    SHARES
    सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने म्याद थपियो

    काठमाण्डौ । सागर डिस्टिलरीले सर्वसाधारणका लागि जारी गरेको आइपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले भदौ ३० गते आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा आज असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले अब यो आइपीओमा असोज ५ गतेसम्म आवेदन दिने म्याद थप गरिएको हो।



    यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भनिएको थियो। तर, हाल मुलुकमा देखिएको विषम परिस्थितलाई ध्यानमा राखेर कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो।

     

    कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

     

    कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको छ।

     

    यो आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डका अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट