काठमाण्डौ । सेयरबजार परिसूचक नेप्से ११६.०१ अंकले बढेर २६२७.९३ विन्दुमा चढेको छ। जेनजी प्रदर्शनपछिको पहिलो दिन सेयरबजार क्र्यास भएको थियो। १६० अंकले घटेर लगातार ऋणात्मक सर्किट लागेको थियो।
तर आइतबार भने बजार बौरिएको हो। ४.६१ प्रतिशतले बढेसँगै कारोबार रकम समेत ९ अर्ब १७ करोड पुगेको छ। २ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको छ। यस दिन २२४ वटा सेयरको मूल्य बढेको छ भने २८ वटाको घटेको छ।
सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, गुडविल फाइनान्ससहित ९ वटाको सेयरमा पोजिटिभ सर्किट लागेको छ। तर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फन्ड २, हिमालयन एभरेष्ट इन्स्योरेन्सलगायतको भने अधिकतम ७.६२ प्रतिशतसम्मले मूल्य घटेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको ८३ करोडको खरिदबिक्री भएको छ। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ४८ करोड, गार्डियन माइक्रो लाइफको ३० करोड, शिवम् सिमेन्टको २७ करोड, हिमालयन डिस्टिलरीको २४ करोडको कारोबार भएको छ। आज व्यापार सूचक ८ प्रतिशतले बढेको छ।
अर्थ चाैतारी ।