logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अर्थका तीन सहसचिवको सरुवा

    अर्थका तीन सहसचिवको सरुवा

    949
    SHARES
    अर्थका तीन सहसचिवको सरुवा

    काठमाण्डौ । अर्थ मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ।



     

    मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरु महेश आचार्य, सेवन्तक पोखरेल र महेश बरालको सरुवा गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।
    यसअनुसार सेवन्तक वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट वित्तीय संघीयता समन्वयन महाशाखामा सरुवा भएका छन्।

     

    वित्तीय तालिम केन्द्रबाट महेश आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखामा पुगेका छन्।

    त्यसैगरी अर्का सहसचिव महेश बराल भने वित्तीय संघीयता समन्वयन महाशाखाबाट वित्तीय तालिम केन्द्रमा सरुवा भएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, ५ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट