logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ‘जेन-जी आन्दोलन’मा क्षतिग्रस्त प्रहरी गाडीका लागि ८५ नयाँ सवारी किन्न टेन्डर आह्वान

    ‘जेन-जी आन्दोलन’मा क्षतिग्रस्त प्रहरी गाडीका लागि ८५ नयाँ सवारी किन्न टेन्डर आह्वान

    2K
    SHARES
    ‘जेन-जी आन्दोलन’मा क्षतिग्रस्त प्रहरी गाडीका लागि ८५ नयाँ सवारी किन्न टेन्डर आह्वान

    काठमाण्डौ। नेपाल प्रहरीले ‘जेन–जी आन्दोलन’का क्रममा क्षति भएका गाडीहरू प्रतिस्थापन गर्न ८५ नयाँ सवारी किन्न टेन्डर आह्वान गरेको छ।



     

    प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार, पेट्रोलबाट चल्ने ७५ वटा र विद्युतीय १० वटा पिकअप गाडी खरिदका लागि टेन्डर खुलाउने निर्णय गरिएको हो।

     

    पेट्रोल पिकअपका लागि धरौटी रकम ६३ लाख ७६ हजार रुपैयाँ तोकिएको छ भने विद्युतीय पिकअपका लागि १ करोड १३ लाख रुपैयाँ धरौटी आवश्यक पर्ने सूचनामा उल्लेख छ। टेन्डरमा सहभागी हुन इच्छुक व्यक्तिहरू कात्तिक ९ गते (अक्टोबर २६) मा हुने प्रिबिड मिटिङमा सहभागी हुन सक्नेछन्।

     

    विद्युतीय टेन्डरहरू कात्तिक १४ गते (अक्टोबर ३१) भित्र नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, वित्त प्रशासन तथा खरीद निर्देशनालय, नक्सालमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। टेन्डर खोलीने समय सोही दिन अपराह्न २ बजे तोकिएको छ। टेन्डर पेश गर्दा बैंक ग्यारेन्टी पनि बुझाउनुपर्नेछ र उक्त ग्यारेन्टी टेन्डरको वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

     

    नेपाल प्रहरीले जनाएको छ कि गत भदौ २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा प्रहरीका अधिकांश गाडी आगलागीमा नष्ट भएका थिए। त्यसैले नयाँ सवारी खरिद प्रक्रिया तत्काल अघि बढाइएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट