logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी संस्कृतिलाई जोगाउन अपिल

    खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी संस्कृतिलाई जोगाउन अपिल

    1.7K
    SHARES
    खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी संस्कृतिलाई जोगाउन अपिल

    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारको अवसरमा घर लिपपोत गर्दा परम्परागत संस्कृतिलाई जोगाउन स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।



     

    गाउँसभाले निर्णय गरेअनुसार, दीपावलीमा घरआँगन र ढोका झ्याललाई कमेरो (सेतो माटो) र रातो माटोले लिपपोत गर्ने परम्परा पुनर्जीवित गर्ने अभियान सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आधुनिकतासँगै माटोले घर लिप्ने परम्परा घट्दै गएको बताउँदै यसले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचानमा असर गरेको बताए।

    उहाँका अनुसार, माटोले घर लिपपोत गर्नु केवल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा पनि महत्वपूर्ण छ। पुर्खाले सदियौँदेखि दीपावलीमा घर लिप्ने परम्परा जोगाउँदै आएका हुन्।

    गाउँपालिकाले सबै नागरिक, टोल समिति र विद्यार्थीलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। यसले घरको शृङ्गारिकता बढाउने मात्र नभई पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट