logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

    एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

    1.6K
    SHARES
    एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

    काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ र गैर–बैंकिङ सम्पत्तासँगै धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने अनलाइन पोर्टल सार्वजनिक गरेको छ।



     

    बैंकका अनुसार यो पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको कित्तानम्बर, क्षेत्रफल, फोटो, नक्सा र गुगल म्यापमार्फत स्थान (लोकेशन) पहिचान गर्ने सुविधा उपलब्ध हुनेछ। यसले सम्पत्ति खरिदमा इच्छुक व्यक्तिलाई सजिलो, पारदर्शी र आधुनिक सेवा दिने उद्देश्य राखेको बैंकले जनाएको छ।

     

     

    ग्राहकहरूले बैंकद्वारा प्रकाशित लिलामसूचनामा रहेको QR कोड स्क्यान गरी सो पोर्टलमा सिधै प्रवेश गर्न सक्नेछन्। त्यहाँबाट सम्पत्तिको विस्तृत विवरण हेर्नका साथै थप जानकारी आवश्यक परेमा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना सहित म्यासेज पठाउने सुविधा पनि प्रदान गरिएको छ।

     

     

    एनआईसी एशिया बैंकले जनाएको छ कि उक्त पोर्टलमार्फत बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूका विवरण र लिलाम बिक्रीसम्बन्धी अन्य सूचना नियमित रूपमा अद्यावधिक गरिनेछन्।


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट