logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीईओमा दीपक कुमार धूत नियुक्त

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीईओमा दीपक कुमार धूत नियुक्त

    1.9K
    SHARES
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डीसीईओमा दीपक कुमार धूत नियुक्त

    काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दीपक कुमार धूतलाई नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) मा नियुक्त गरेको छ। कम्पनीको असोज २८ गते बसेको ४२औं सञ्चालक समिति बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।



     

    निवर्तमान डीसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण अवकाश लिएपछि कम्पनीले नायब महाप्रबन्धकका रूपमा कार्यरत धूतलाई डीसीईओमा बढुवा गरेको हो। धूत निर्जीवन बीमा क्षेत्रमा तीन दशकको अनुभव भएका एक दक्ष व्यवसाय रणनीतिकार तथा प्राविधिक बीमा विशेषज्ञ हुन्।

     

    धूत इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाका फेलो मेम्बर हुन्। उनले इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (IGNOU) बाट बजार व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् र यूएनडीपीबाट इन्क्लुसिभ इन्स्योरेन्स सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षकको उपाधि प्राप्त गरेका छन्।

     

    कम्पनीले अपेक्षा गरेको छ कि धूतको नेतृत्वमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो व्यवसायिक सफलता र रणनीतिक लक्ष्यहरू हासिल गर्न थप ऊर्जा र गतिशीलता प्राप्त गर्नेछ।


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट