logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एनसेलको सीईओमा माइकल फोले नियुक्त

    एनसेलको सीईओमा माइकल फोले नियुक्त

    1.2K
    SHARES
    एनसेलको सीईओमा माइकल फोले नियुक्त

    काठमाण्डौ । एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) मा नियुक्त गरेको छ। उनको नियुक्ति कार्तिक १५, २०८२ देखि लागू हुनेछ।



     

     

    कार्यवाहक सीईओका रूपमा कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (CFO) को भूमिकालाई निरन्तरता दिनेछन्।

     

     

    फोलेले दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रको वरिष्ठ नेतृत्व अनुभव बोकेको छन्। एनसेलमा आवद्ध हुनुअघि उनी एयरटेल फ्रेन्च अफ्रिका, टेलिनोर पाकिस्तान, ग्रामीणफोन (बंगलादेश), र टेलिनोर बुल्गेरिया मा सीईओका रूपमा कार्यरत थिए। उनले नेतृत्वको क्रममा ग्राहक संख्या ७ करोडभन्दा बढी पु-याएका र EBITDमा ६०% भन्दा बढी वृद्धि हासिल गरेका थिए।

     

     

    फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थका अध्यक्षका रूपमा पनि काम गरेका छन्। हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी Watu DRC का अध्यक्ष रहेका छन्।

     

     

    नियुक्ति पश्चात फोलेले भने,
    “काठमाडौंमा एनसेलको जिम्मेवारी लिन पाउँदा म अत्यन्त सम्मानित महसुस गरिरहेको छु। एनसेलले डिजिटल रूपान्तरण, आर्थिक प्रतिस्पर्धात्मकता, र विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्छ। आगामी पुस्तालाई सशक्त बनाउन यी सम्पत्तिहरूको जिम्मेवारीपूर्वक व्यवस्थापन आवश्यक छ।”


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट