logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सरकारले तोकेको मूल्यमै किसानको धान खरिद गर्ने, देशभर १३ केन्द्र सञ्चालन

    सरकारले तोकेको मूल्यमै किसानको धान खरिद गर्ने, देशभर १३ केन्द्र सञ्चालन

    1.3K
    SHARES
    सरकारले तोकेको मूल्यमै किसानको धान खरिद गर्ने, देशभर १३ केन्द्र सञ्चालन

    काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमै किसानको धान खरिद गर्ने भएको छ। कम्पनीका अनुसार यस वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ।



    सरकारले तोकेको दरअनुसार मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ६२८ रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले देशभरका मुख्य उत्पादन क्षेत्रलाई केन्द्र मानेर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।

     

    यी केन्द्रहरू महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोड रहनेछन्।

     

    यस वर्षको विशेष व्यवस्था अन्तर्गत, किसानले बिक्री गरेको धानको भुक्तानी सीधा बैंक खातामा प्राप्त गर्नेछन्। अघिल्ला वर्षहरूमा जस्तो चेक साट्न बैंक धाउनुपर्ने बाध्यता अब रहने छैन।

     

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार, गत वर्ष १ लाख २० हजार क्विन्टल धान खरिद गरिएकोमा यस वर्ष लक्ष्य विस्तार गरिएको हो।

    उनका शब्दमा, “पोहोर लक्ष्यअनुसार खरिद गर्न सकेनौँ, यस वर्ष थोरै लक्ष्य राखेका छौँ। बजारमा धान पर्याप्त पाइएमा कोटा थप गर्नेछौँ।”


    अर्थ चौतारी
  • आइतबार, ९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट