logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • दूधकोशी जलविद्युत आयोजना : ६७० मेगावाट क्षमताको लागि प्राधिकरणले दियो निवेदन

    दूधकोशी जलविद्युत आयोजना : ६७० मेगावाट क्षमताको लागि प्राधिकरणले दियो निवेदन

    1.2K
    SHARES
    दूधकोशी जलविद्युत आयोजना : ६७० मेगावाट क्षमताको लागि प्राधिकरणले दियो निवेदन

    काठमाण्डौ । लामो समयदेखि रोकिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशयमा आधारित जलविद्युत आयोजनाले अब गति लिने भएको छ।



    नेपाल विद्युत प्राधिकरणले आयोजनाको निर्माणका लागि विद्युत विकास बोर्डमा आधिकारिक निवेदन दर्ता गराएको हो।

     

    यो आयोजना निर्माणमा ७ वर्ष लाग्ने अनुमान गरिएको छ र २०९० सालसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। सन् २०२० को मूल्यका आधारमा यसको लागत करिब २ अर्ब २० करोड अमेरिकी डलर (करिब ३ खर्ब ८ अर्ब रुपैयाँ) हुने अनुमान छ।

    खोटाङ र ओखलढुङ्गा जिल्लाको सिमानास्थित रभुवाघाटमा अवस्थित यो बहुउद्देश्यीय आयोजना पहिले कोषको अभाव र जग्गा क्षतिपूर्तिको समस्याका कारण रोकिएको थियो।
    तर सरकारले यसलाई चालू आर्थिक वर्षको प्राथमिकता परियोजनामा समावेश गरेपछि कार्य अघि बढेको हो।

     

    नेपाल विद्युत प्राधिकरणका अनुसार, परियोजनाबाट वार्षिक ३.४४ अर्ब युनिट बिजुली उत्पादन हुने अपेक्षा छ।
    आयोजनाका लागि करिब २५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ, जसमा १६२ घरपरिवार पूर्ण विस्थापित र ९८८ आंशिक रूपमा प्रभावित हुने अनुमान गरिएको छ।

     

    परियोजनामा २२० मिटर अग्लो बाँध निर्माण गरिनेछ, जसबाट बनाइएको कृत्रिम जलाशयको पानी धितुङस्थित हलेसी तुवाचुङ नगरपालिकामा रहेको पावर हाउससम्म सुरुङमार्गमार्फत मोडिनेछ।


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट