logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

    लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

    1.1K
    SHARES
    लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

    काठमाण्डौ । लुम्बिनी लायन्स क्रिकेट टिम र भैरहवास्थित एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ।



     

    सम्झौतामा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एक्स्ट्राटेक ओभलका प्रतिनिधि बिनोद कुँवरले हस्ताक्षर गरेका छन्।

     

    सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान र तयारी केन्द्र बन्नेछ। यस अन्तर्गत टिमले त्यहीँ प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प र रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ।

     

    लायन्सका अध्यक्ष जिसीले यो साझेदारीलाई “लुम्बिनी लायन्सको घर र पहिचानको आधार” भनेर उल्लेख गर्दै निजी लगानीमा क्रिकेट पूर्वाधार विस्तारको कामलाई प्रशंसा गरे।

    त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि कुँवरले “नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकासको दिशामा यो सम्झौता माइलस्टोन साबित हुने” बताए।

    साझेदारीपछि एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण र क्लब हाउस सुविधा थपिनेछ।
    यसले लुम्बिनी लायन्सलाई वर्षभर व्यावसायिक स्तरको प्रशिक्षण र तयारी वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट