काठमाण्डौ । नेपालले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा सुडानबाट झन्डै सवा दुई करोड रुपैयाँ बराबरको खरबुजाको बीउ (Melon Seeds) आयात गरेको छ।
भन्सार विभागका तथ्यांक अनुसार, साउनदेखि असोजसम्मको अवधिमा सुडानबाट तीन प्रकारका वस्तु नेपाल भित्रिएका छन्, जसको कुल मूल्य २ करोड २८ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
सबैभन्दा ठूलो परिमाणमा आयात भएको वस्तु खरबुजाको बीउ हो। सो अवधिमा १ लाख ४० हजार ४०० किलोग्राम मेलन सीड्स आयात गरिएको छ, जसको मूल्य २ करोड २१ लाख २९ हजार रुपैयाँ छ। यसबाट सरकारले ६४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसैगरी, सुडानबाट ५० ग्राम सुनका गरगहना र पार्टपुर्जा आयात भएका छन्, जसको मूल्य ७ लाख ११ हजार रुपैयाँ छ भने ३६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
यसबाहेक १२ किलोग्राम दुधजन्य खाद्य पदार्थ (१.५% भन्दा बढी फ्याट भएको) पनि सुडानबाट आयात गरिएको छ, जसको मूल्य ४२ हजार रुपैयाँ रहेको छ।
समग्रमा, सुडानबाट तीन महिनामा भएको आयातबाट नेपाल सरकारले ६५ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
अर्थ चौतारी ।