काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ। आज (मंगलबार) पनि सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँ मा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
अर्थ चौतारी ।