logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    1K
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब वन्डर्स नेपालद्वारा सञ्चालित स्काइवाक टावर (कमलादी) मा सेवाहरू लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्।



     

    यस सम्बन्धी सम्झौता बैंक र वन्डर्स नेपाल बीच सम्पन्न भएको हो। सम्झौताअनुसार, ग्राहकहरूले स्काइवाक टावरमा प्रवेश वा अन्य सेवाको डिजिटल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्।

     

    बैंकका अनुसार, यस सुविधाको लाभ लिन ग्राहकहरूले आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

     

    एनआईसी एशिया बैंकले उक्त सहकार्यले ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट