logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • माछापुच्छ्रे बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

    माछापुच्छ्रे बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

    1.1K
    SHARES
    माछापुच्छ्रे बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले गत असोज १० गते सम्पन्न २७औं वार्षिक साधारणसभाले पारित गरेको ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ।



     

    बैंकका अनुसार साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ २६ गते बुक क्लोज गरिएको थियो। त्यसैले सो मितिअघि नेप्सेमा कायम रहेका शेयरधनीहरूले उक्त नगद लाभांश प्राप्त गरेका छन्।

     

    त्यसैगरी, शेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका वा डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरूले यसाशीघ्र ती प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

     

    बैंकले थप जानकारी दिँदै शेयर धितो राखेका शेयरधनीहरूका हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि मात्रै लाभांश रकम खातामा जम्मा गरिने जनाएको छ।

     

    उक्त साधारणसभाले नगद लाभांशका साथै ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो।


    अर्थ चौतारी
  • बुधबार, १२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट