काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार शेयर बजार हरियालीमा बाँधियो। नेप्से परिसूचक ३४.२२ अंकले बढ्दै २,६०० बिन्दुमा पुगेको छ।
आज २१६ कम्पनीको शेयर मूल्य बढ्दा २८ कम्पनी घटेका छन्। कुल ३१९ कम्पनीका २ करोड ६० लाख कित्ता शेयर किनबेच हुँदै ७ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
सबैभन्दा बढी हिमालयन बैंकको प्रोमोटर शेयरमा १ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो। त्यसपछि राधि विद्युत कम्पनीमा ३७ करोड ६० लाख र नेपाल पुनर्बीमा कम्पनीमा ३४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ।
आज लगानीकर्तामध्ये गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरधनीले १०% नाफा कमाएका छन्। सुपर मादी हाइड्रोपावर र गणपति लघुवित्तका लगानीकर्ताले पनि करिब ९% नाफा पाएका छन्।
त्यसैगरी, एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ५% घाटा बेहोरेका छन्।
अर्थ चौतारी ।