काठमाण्डौ । काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई इन्स्योरेन्स कम्पनीका बोनस शेयर सूचिकृत भएका छन्।
नेप्सेमा आज कात्तिक १३ गते एलआइसी नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड का बोनस शेयर सूचिकृत भएका हुन्।
नेप्सेका अनुसार, एलआइसी नेपाल ले वितरण गरेको १० प्रतिशत बोनस शेयरअन्तर्गत ५० लाख कित्ता शेयर, र एनएलजी इन्स्योरेन्स कम्पनी ले वितरण गरेको २.५० प्रतिशत बोनस शेयरअन्तर्गत ६ लाख २५ हजार ६६४ कित्ता शेयर सूचिकृत भएका हुन्।
यी कम्पनीका सूचिकृत शेयरहरू आइतबार (कात्तिक १६ गते) बाट दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछन्।
बोनस शेयर सूचिकृत भएसँगै लगानीकर्ताले अब यी कम्पनीका नयाँ शेयरहरू समेत लिएर कारोबार गर्न सक्ने भएका छन्।
अर्थ चौतारी ।