logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • विद्युतीय चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ : ऊर्जामन्त्री घिसिङ

    विद्युतीय चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ : ऊर्जामन्त्री घिसिङ

    1K
    SHARES
    विद्युतीय चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ : ऊर्जामन्त्री घिसिङ

    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि रहेको चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन गरिने बताएका छन्।



    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिसिङले विद्युतीकरणको दायरा थप फराकिलो बनाउने तयारी भइरहेको बताए।

    उनका अनुसार सरकारले यातायात र खाना पकाउने क्षेत्रमा विद्युत् खपत बढाउने नीति लिएको छ। “ग्रिड गाउँगाउँ पुगेको छ, अब त्यसलाई इन्डक्सन कुकिङ र विद्युतीय सवारी चार्जिङमा प्रयोग गर्नुपर्छ,” उनले भने, “त्यो नै माग सिर्जनाको मुख्य माध्यम हुनेछ।”

    मन्त्री घिसिङले वायु ऊर्जाको क्षेत्रमा लगानी गर्न चाहने निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। उनले भने, “विन्ड इनर्जी नेपालको सम्भावनायुक्त क्षेत्र हो। यसमा काम गर्न इच्छुक निजी क्षेत्रलाई सरकारले प्रोत्साहन र सहयोग प्रदान गर्नेछ।”

     

    उनले ऊर्जा कार्यक्षमता (Energy Efficiency) लाई प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। “चार्जिङ स्टेसनसम्बन्धी केही नीतिगत सुधार आवश्यक छ, हामी चाँडै अर्को बोर्ड बैठकबाट त्यसलाई पारित गर्नेछौँ,” मन्त्री घिसिङको भनाइ थियो।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट