logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • भारत-नेपाल स्टार्टअप सहकार्यका लागि ‘आईएन-स्प्यान’ कार्यक्रम सुरु

    भारत-नेपाल स्टार्टअप सहकार्यका लागि ‘आईएन-स्प्यान’ कार्यक्रम सुरु

    923
    SHARES
    भारत-नेपाल स्टार्टअप सहकार्यका लागि ‘आईएन-स्प्यान’ कार्यक्रम सुरु

    काठमाण्डौ । काठमाण्डौस्थित भारतीय राजदूतावासले आगामी महिना आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (आईएन-स्प्यान) को पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र मंगलबार आयोजना गरेको छ।



     

    भारत र नेपालको स्टार्टअप इकोसिस्टमबिचको अन्तरक्रिया बढाउने बृहत् उद्देश्यका साथ सुरु हुन लागेको आईएन-स्प्यान कार्यक्रम २०२५ डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुनेछ। यसमा नेपालका स्टार्टअप प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८-हप्ताको पूर्ण-वित्त पोषित प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ। उक्त मोड्युलमा सहभागीहरूका लागि तालिम, परामर्श र इन्टर्नसिप उपलब्ध गराइनेछ। आईआईटी मद्रास प्रवर्तक एक अग्रणी इन्क्यूबेटर हो, जसले हालसम्म ४६ वटा स्टार्टअपलाई इन्क्यूबेट गरिसकेको छ।

     

    दूतावास परिसरमा आयोजित सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित भई पहलको प्रशंसा गरिन्। सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभागहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरूबाट करिब १०० जनाको भौतिक उपस्थिति थियो। साथै, वीरगञ्ज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना भर्चुअल रूपमा सहभागी भएका थिए।

     

    आईआईटी मद्रासका प्राध्यापक गौरव रैनाले अनलाइन माध्यमबाट आईआईटी मद्रास र आईआईटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमबारे जानकारी दिए। यसअघि, सोही दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो। इच्छुक उद्यमीहरूले नोभेम्बर १५, २०२५ सम्म अनलाइन आवेदन दिन सक्नेछन् र आवेदनहरूको मूल्याङ्कन तथा अन्तर्वार्ताका आधारमा उम्मेदवारहरूको छनौट गरिनेछ।


    अर्थ चौतारी
  • विहिबार, २० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट