logo

२०८३ जेष्ठ ३०, शनिबार

logo
  • २०८३ जेष्ठ ३०, शनिबार
  • दोर्दी खोला जलविद्युत कम्पनीले डाक्यो विशेष साधारणसभा, हकप्रद शेयर मुख्य अजेन्डा

    दोर्दी खोला जलविद्युत कम्पनीले डाक्यो विशेष साधारणसभा, हकप्रद शेयर मुख्य अजेन्डा

    676
    SHARES
    दोर्दी खोला जलविद्युत कम्पनीले डाक्यो विशेष साधारणसभा, हकप्रद शेयर मुख्य अजेन्डा

    काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो असार १ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्युमा बिहान ९ बजेबाट सुरु हुनेछ।



    सभाले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२८८ अनुपातमा अर्थात १०० रुपैयाँ अंकित दरका कुल ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद शेयर जारी गर्नेछ। यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पनि पाइसकेको छ।

    हकप्रद शेयर निष्कासनका सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्धपत्र र नियमावलीमा कुनै फेदरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

    सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट