logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क

    स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क

    273
    SHARES
    स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क

    काठमाण्डौ । स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनी स्थापना गर्दा आफूले यसको सफलताको सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको बताएका छन्।



    स्पेसएक्सको सेयर कारोबार औपचारिक रूपमा सुरु हुनुअघि टेक्ससस्थित कम्पनीको आधार शिविरबाट सम्बोधन गर्दै मस्कले सानो स्तरबाट सुरु भएको कम्पनी आज विश्वकै ठूलो आईपीओमार्फत सार्वजनिक बजारमा प्रवेश गर्नु अविश्वसनीय उपलब्धि भएको बताए।

    ‘एल सेगुन्डोको एउटा सानो गोदामबाट सुरु भएको यो कम्पनी आज इतिहासकै सबैभन्दा ठुलो आईपीओसहित सार्वजनिक बजारमा जाँदैछ भन्ने कुरा पत्याउनै गाह्रो छ,’ उनले भने, ‘सुरुवाती दिनमा मैले स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ।’ मस्कले कम्पनीको उपलब्धिको श्रेय सम्पूर्ण कर्मचारी र प्राविधिक टोलीलाई दिँदै अन्तरिक्षमा मानव उपस्थितिलाई विस्तार गर्ने लक्ष्य अझै कायम रहेको बताए।

    सम्बोधनपछि मस्कले टेक्ससबाटै बटन थिचेर स्पेसएक्सको सेयर कारोबारको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनसँगै कम्पनी परिसरमा उत्सव मनाइएको थियो भने एल्टन जोनको चर्चित गीत ‘रकेट म्यान’ बजाइएको थियो।

    स्पेसएक्सको सार्वजनिक सूचीकरणलाई विश्वकै ठूलो आईपीओका रूपमा हेरिएको छ। यससँगै कम्पनीको बजार मूल्याङ्कन ट्रिलियन डलरको स्तरमा पुग्ने अनुमान गरिएको छ भने मस्क विश्वकै पहिलो ट्रिलियनेयर बन्ने समेत निश्चित भएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट