काठमाण्डौ । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा नाफा ४.५७ प्रतिशतले बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब १५ करोड ३२ लाखको तुलनामा १५५ प्रतिशतले बढेको हो। सञ्चालन मुनाफा १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ र खुद ब्याज आम्दानी २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ पुगेको छ।
चालु त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.७४ प्रतिशतमा घटेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३६.४४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २५५.६९ रुपैयाँ कायम भएको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ५ अर्ब ४९ करोड ६० लाख र रिजर्भ १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ।
अर्थ चौतारी ।