logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • मेरो माइक्रोफाइनान्सद्वारा बीमा बापतको रकम हस्तान्तरण

    मेरो माइक्रोफाइनान्सद्वारा बीमा बापतको रकम हस्तान्तरण

    2K
    SHARES
    मेरो माइक्रोफाइनान्सद्वारा बीमा बापतको रकम हस्तान्तरण

    काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।



    मेरो माइक्रोफाइनान्स बौनिया, कैलाली शाखाको केन्द्र नम्बर १३ मखमली महिला केन्द्रमा आबद्ध सदस्य कला भण्डारीका श्रीमानलाई सदस्य कर्जा बीमा अन्तर्गत उक्त बीमा रकम एशियन लाइफ इन्स्योरेन्सको सहकार्यमा हस्तान्तरण गरिएको शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

    मृत्यु भएका सदस्य भण्डारीका श्रीमान पदमाखर भण्डारीलाई बीमा बापत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

     

    हस्तान्तरण कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा न। ५ का वडा सदस्य कोशी परियारले हस्तान्तरण गरेका हुन्। सो कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि तथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा मृतकको नाममा वृक्षारोपण समेत गरिएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट