logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

    गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

    988
    SHARES
    गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले नाफासहितका अधिकांश वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ।



     

    समीक्षा अवधिको पहिलो तीन महिनामा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफाभन्दा ११ प्रतिशत बढी हो। त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। यस अवधिसम्ममा बैंकले ९९ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९८ करोड ६८ लाख रुपैयाँभन्दा १.१९ प्रतिशतले वृद्धि हो।

     

    सञ्चालन नाफाको हिसाबले पनि बैंकले राम्रो प्रदर्शन गरेको छ। गत वर्षको पहिलो त्रैमासमा ३२ करोड २३ लाख रुपैयाँ सञ्चालक नाफा गरेको बैंकले चालु वर्षको सोही अवधिमा उक्त नाफा बढाएर ३५ करोड ७६ लाख रुपैयाँ पुर्‍याएको छ।

     

    बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ६३ करोड २२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको वितरणयोग्य नाफा पनि ६३ करोड २२ लाख रुपैयाँ रहेको छ। हाल बैंकको खराब कर्जा अनुपात (एनपीएल) ४.७३ प्रतिशतमा रहेको छ, जुन स्थिर दरमा नियन्त्रणमा रहेको देखिन्छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ३८ पैसा कायम भएको छ।

     

    गरिमा विकास बैंकले पछिल्ला वर्षहरूमा कर्जा प्रवाह, निक्षेप संकलन, डिजिटल सेवाको विस्तार र ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा उल्लेखनीय सुधार गर्दै आएको छ। यो त्रैमासिक नतिजाले बैंकको सञ्चालन कार्यक्षमता र लाभांश वितरण क्षमतामा सकारात्मक सन्देश दिएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट