logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • प्राइम कमर्सियल बैंकको नाफा घट्दा पनि सञ्चालन नाफा र ब्याज आम्दानीमा सुधार

    प्राइम कमर्सियल बैंकको नाफा घट्दा पनि सञ्चालन नाफा र ब्याज आम्दानीमा सुधार

    1.1K
    SHARES
    प्राइम कमर्सियल बैंकको नाफा घट्दा पनि सञ्चालन नाफा र ब्याज आम्दानीमा सुधार

    काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार बैंकको खुद नाफा केही घटेको देखिए पनि सञ्चालन नाफा र ब्याज आम्दानीका सूचकहरूमा सुधार देखिएको छ।



     

    समीक्षा अवधिसम्म बैंकले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ नाफाभन्दा २.२० प्रतिशतले घटेको हो।

     

    तर, नाफा केही घटेपनि सञ्चालन नाफा १३.५४ प्रतिशतले बढेको छ। गत वर्षको असोज मसान्तसम्म बैंकको सञ्चालन नाफा १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ रहेकोमा, चालु वर्षको सोही अवधिमा बढेर २ अर्ब ७ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

     

    त्यस्तै, खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ३३ करोड १८ लाख रुपैयाँबाट बढेर चालु वर्षमा २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ।

     

    तर, बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने अघिल्लो वर्षको ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशतमा पुगेको छ। यसले बैंकको कर्जा गुणस्तरमा केही चुनौती रहेको देखाउँछ।

     

    बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्षको २६.५३ रुपैयाँबाट झरेर चालु वर्षमा २५.९४ रुपैयाँ पुगेको हो।

     

    बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १२ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको छ।

     

    समीक्षा अवधिसम्म बैंकले २ खर्ब १४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै २ खर्ब ६१ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

     

    यद्यपि नाफामा सामान्य गिरावट आएको भए पनि बैंकले सञ्चालन दक्षता र ब्याज आम्दानीमा निरन्तर सुधार देखाएको छ,


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट