logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • फागुन २१ को चुनावमा गठबन्धन गर्ने रास्वपाको रणनीति

    फागुन २१ को चुनावमा गठबन्धन गर्ने रास्वपाको रणनीति

    2.1K
    SHARES
    फागुन २१ को चुनावमा गठबन्धन गर्ने रास्वपाको रणनीति

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा तोकिएको निर्वाचनमा अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्ने रणनीति बनाएको छ । चितवनमा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्ने उल्लेख गरेसँगै पार्टी गठबन्धनमा जाने रणनीतिमा देखिएको हो ।



     

    ‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन,’ प्रतिवेदनमा उल्लेख छ ।

     

     

    रास्वपाले पूराना पार्टीभन्दा पनि नयाँ बन्ने दलहरुसँग यस्तो कार्यगत एकताका लागि यो विकल्प खुला गरिएको बताएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट