logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • कांग्रेस केन्द्रीय समितिमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव पेश

    कांग्रेस केन्द्रीय समितिमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव पेश

    1.6K
    SHARES
    कांग्रेस केन्द्रीय समितिमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव पेश

    काठमाण्डौ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेदेखि विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको विधानअनुसार उक्त मितिमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।



    उनका अनुसार नेपाली कांग्रेसको विधानको धारा १७ को २ मा उल्लेखित व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । आचार्यले मंसिर २४ गते महाधिवेशन सुरु गर्न सुझाव दिएका हुन् । उक्त दिन नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्मदिनसमेत हो ।

     

    यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरिएको थियो । त्यसै मागका आधारमा अहिले केन्द्रीय समितिमा विशेष महाधिवेशनको प्रस्ताव गरिएको नेताहरूले बताएका छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, २१ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट