logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • काबेली इनर्जीको शेयर बेचेर बाहिरिँदै बुटवल पावर कम्पनी

    काबेली इनर्जीको शेयर बेचेर बाहिरिँदै बुटवल पावर कम्पनी

    1.5K
    SHARES
    काबेली इनर्जीको शेयर बेचेर बाहिरिँदै बुटवल पावर कम्पनी

    काठमाण्डौ । बुटवल पावर कम्पनी (बीपीसी) काबेली इनर्जी लिमिटेडबाट पूर्ण रूपमा बाहिरिने तयारीमा छ। कम्पनीले आफूसँग रहेको ६० प्रतिशत सेयर अरुण काबेलीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।



     

    बीपीसीले सेयर खरिद–बिक्री सम्झौता गरिसकेको र त्यसको वैधानिकता सुनिश्चित गर्न आज विशेष साधारणसभा आह्वान गरेको जनाएको छ।

     

     

    अरुण काबेलीले गत वर्ष हकप्रद सेयरमार्फत करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी गर्दै काबेली इनर्जीमा ४० प्रतिशत स्वामित्व प्राप्त गरेको थियो। यस वर्ष पुनः हकप्रद सेयर जारी गरी जम्मा हुने रकम प्रयोग गरेर बीपीसीको बाँकी ६० प्रतिशत सेयर खरिद गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

     

     

    यद्यपि, बुटवल पावर कम्पनीमाथि परियोजना निर्माणभन्दा सेयर खरीद–बिक्रीमा बढी सक्रिय रहने गरेको आरोप पनि लाग्ने गरेको छ।


    अर्थ चौतारी
  • शनिबार, २२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट