logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • चन्द्रागिरि केबलकार र रिसोर्ट पुनः सञ्चालनमा

    चन्द्रागिरि केबलकार र रिसोर्ट पुनः सञ्चालनमा

    845
    SHARES
    चन्द्रागिरि केबलकार र रिसोर्ट पुनः सञ्चालनमा

    काठमाण्डौ । ६० दिनपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा आएको छ। आज (शनिबार) बिहानदेखि सेवा सुचारु भएको हो।



     

     

    गत भदौ २४ गतेको घटनामा बटम स्टेशनमा तोडफोड भएपछि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। त्यसयता अष्ट्रियाली कम्पनी डोपलमेयरका प्राविधिक टोलीले मर्मत, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरेपछि सेवा पुनः सुरु गरिएको हो।

     

     

    सेवा पुनः सुचारु भएपछि भक्तजनले भालेश्वर महादेव मन्दिर दर्शन गर्न सहजता पाउनेछन् भने पर्यटकहरूले रिसोर्टका आतिथ्य तथा मनोरञ्जन सेवाहरू पुनः उपयोग गर्न सक्ने भएका छन्।

     

     

    चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले केबलकार मर्मतमा संलग्न प्राविधिक टोलीलाई धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यका लागि आभार व्यक्त गरेका छन्। उनले सेवा पुनः सुरु भएपछि काठमाडौं उपत्यकाको मनोरम दृश्य, शान्त वातावरण र धार्मिक यात्राको आकर्षण झनै बढ्ने विश्वास व्यक्त गरे।

     

     

    सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले यात्रा गर्ने गरेका थिए। व्यवस्थापन पक्षले सेवा सुचारु गर्न सहयोग पुर्‍याउने स्थानीय समुदायप्रति पनि धन्यवाद व्यक्त गरेको छ।


    अर्थ चौतारी
  • शनिबार, २२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट