logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    819
    SHARES
    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।



     

    बैंक सञ्चालक समितिको कात्तिक २१ गते अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश –करसहित) रहेका छन्।

     

    बैंकको हालको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६७९.५४ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख ५ हजार ४८४.६८ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।


    अर्थ चौतारी
  • आइतबार, २३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट