logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मारूती सिमेन्ट्सको १० प्रतिशत लाभांश घोषणा

    मारूती सिमेन्ट्सको १० प्रतिशत लाभांश घोषणा

    1.7K
    SHARES
    मारूती सिमेन्ट्सको १० प्रतिशत लाभांश घोषणा

    काठमाण्डौ । मारूती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले ३१औँ वार्षिक साधारण सभा मंसिर १५ गते बिहान साढे ११ बजे रजिस्टर्ड कार्यालय बिराटनगरमा बोलाएको हो ।



     

    सभाले आर्थिक वर्ष २०८१/८२ कम्पनीको संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँ भन्दा माथिका रकमहरू अनुमोदन गर्नेछ । यस्तै कम्पनीको संचालक समितिको निर्णयबाट विभिन्न बैंकहरूबाट लिएको ऋण र आर्थिक वर्ष २०८१/८२ मा गरेका निर्णयहरू अनुमोदन गर्नेछ ।

     

    यस्तै संचालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।


    अर्थ चौतारी
  • आइतबार, २३ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट