logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

    पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

    1K
    SHARES
    पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

    पोखरा । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ ।



     

    अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गरी पुनर्निर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार गण्डकी प्रदेशभित्र जेनजी प्रदर्शनका क्रममा सरकारी भवन र सवारी साधनमा गरी करिब रु दुई अर्बको क्षति पुगेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षति पुगेका संरचनाको तीन चरणमा पुनर्निर्माण गरिने बताए ।

     

    तत्काल मर्मतसम्भार गर्न सकिने संरचनाको काम पहिलो चरणमा भइरहेको उनको भनाइ छ । दोस्रो चरणमा आंशिक क्षति पुगेका भौतिक संरचनाको प्रबलीकरण गरिने र पुनर्निर्माण गर्नुपर्ने संरचनाको काम तेस्रो चरणमा गरिने भएको हो ।

    ‘कतिपय भवनलगायत ठूला संरचना पूरै भत्काएर नयाँ बनाउनुपर्ने छ, तिनको पुनर्निर्माणका लागि आगामी वर्षको बजेटबाट स्रोतको थप व्यवस्था हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्याङ्कन र लागत योजनासमेत तयार गरिएको छ, कतिपय संरचनाको पुनर्निर्माणका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ ।’

     

    एकैसाथ धेरै संरचनामा क्षति पुगेकाले पुनर्निर्माणका लागि स्रोत जुटाउन समस्या भइरहेको उनको भनाइ छ । दीर्घकालीन रुपमा गर्नुपर्ने पुनर्निर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको थियो ।

    कार्यालयका अनुसार प्रदेशभित्र ३६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सातवटा तोडफोड गरिएको र तीनवटा हराएका थिए । यस्तै १६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएको जनाइएको छ ।

     


    अर्थ चौतारी
  • आइतबार, ३० कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट