काठमाण्डौ । कुमारी बैंक लिमिटेडका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ७ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएको कारण बैंकले ती शेयर बिक्रीमा ल्याएको छ।
बैंकले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री प्रक्रिया सुरु गरेको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकेको अवधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नआएमा ती शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।
अर्थ चौतारी ।