logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शेयर बजार ५० अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

    शेयर बजार ५० अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

    1.6K
    SHARES
    शेयर बजार ५० अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

    काठमाण्डौ । आज साताको दोस्रो दिन पनि शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ को विन्दुमा कायम भएको छ । आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

    आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

     

    आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

     


    अर्थ चौतारी
  • सोमबार, ८ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट