काठमाण्डौ । नेपाल क्लियरिंग हाउस लिमिटेड (एनसीएचएल)ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस ३ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सभाको विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुने छ। साथै २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ।
अर्थ चौतारी ।