logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्सेको ओरालो यात्रा, परिसूचक २१.४८ अंकले घट्दा कारोबार रकम ५ अर्ब ३३ करोड

    नेप्सेको ओरालो यात्रा, परिसूचक २१.४८ अंकले घट्दा कारोबार रकम ५ अर्ब ३३ करोड

    1.4K
    SHARES
    नेप्सेको ओरालो यात्रा, परिसूचक २१.४८ अंकले घट्दा कारोबार रकम ५ अर्ब ३३ करोड

    काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।



     

    गत साताको सुरुवातदेखि ओरालो लागेको शेयर बजारले आइतबार पनि निरन्तरता दिएको हो । आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

    यस्तै, सेन्सेटिभ इण्डेक्स २.७० अंकले, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले घटेको छ ।

     

    आइतबार कारोबारमा आएका ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार कित्ता शेयरको कारोबार ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो ।

     

    बजार घटेपनि तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र झापा इनर्जीको शेयरमूल्यमा सर्किट लागेको हो । तर यता बुङ्गल हाइड्रोको शेयरमूल्यमा भने गिरावट आएको छ । उक्त कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले घटेको छ ।

     

    आइतबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक घटेर बजार राताम्मे भएको छ । सबैभन्दा धेरै जलविद्युत उपसमूह १.२२ प्रतिशतले घटेको छ । यसका साथै वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

    कारोबार रकमका आधारमा सागर डिष्टिलरी कम्पनीको ४३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको साढे ३२ करोड र बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब साढे १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

     


    अर्थ चौतारी
  • आइतबार, २१ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट