logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

    एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

    1.2K
    SHARES
    एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

    काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।



     

     

    उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’

     

     

    समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको समेत उनले बताइन् । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको भन्दै उनले मिडिया र पत्रकार को हो भन्ने मोडमा रहेको उनले बताइन् ।

     

    एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनले सुनाइन् । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले उनले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् ।

     

    पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको छ र सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।


    अर्थ चौतारी
  • आइतबार, २१ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट