logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • ७ प्रतिशत लाभांश बाँड्ने नेशनलको घोषणा, २ जना स्वतन्त्र सञ्चालक

    ७ प्रतिशत लाभांश बाँड्ने नेशनलको घोषणा, २ जना स्वतन्त्र सञ्चालक

    1.1K
    SHARES
    ७ प्रतिशत लाभांश बाँड्ने नेशनलको घोषणा, २ जना स्वतन्त्र सञ्चालक

    काठमाण्डौ । नेशनल क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



    लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते बिहान साढे १० बजे प्रथम (आर्थिक वर्ष २०८०/८१) र दोस्रो (आर्थिक वर्ष २०८१/८२) वार्षिक साधारण सभा बोलाएको हो ।

     

    कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।

     

     

    यस्तै, सञ्चालकहरूको बैठक भत्ता निर्धारण, २ जना स्वतन्त्र सञ्चालक रहने सञ्चालक समिति गठन र नियमावली संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट