logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार

    ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार

    1.1K
    SHARES
    ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार

    काठमाण्डौ । ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । सप्तरीको रुपनी शाखाका बैंकका कर्मचारी ऋण असुलीका क्रममा जाँदाखेरी उनीहरुमाथि कालोमोसो दली, कुटपिट गालीगलौज गरी दुर्व्यवहार भएको हो ।



     

    ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार मंसिर २५ गते कर्मचारीहरु माथि उक्त दुर्व्यवहार भएको हो ।

     

    ‘यो मंसिर २५ गतेको घटना हो । कर्जाको किस्ता नियमित नभएपछि बैंकका कर्मचारी कसरी नियमित बनाउन सकिन्छ भनेर ऋणसँग छलफलमा जाँदा उहाँहरुमाथि कुटपिट तथा दुर्व्यवहार भएको छ,’ बराललले भने, ‘कुटपिट गर्नेहरु ऋण र ऋणीका आफन्त र ग्यारेन्टी बस्नेहरु रहेको जानकारीमा आएको छ ।’

     

    बरालले कर्मचारीमाथि भएको दुर्व्यवहार भएको कुरा नियामक नेपाल राष्ट्र बैंकलाई पनि जानकारी गराइसकेको बताए । पछिल्लो समय बैंकका कर्मचारीमाथि दुर्व्यवहारको घटना बढिरहेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट