logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • नाइमा एक्स्पो साउन २६ देखि ३१ सम्म आयोजना हुने

    नाइमा एक्स्पो साउन २६ देखि ३१ सम्म आयोजना हुने

    1.8K
    SHARES
    नाइमा एक्स्पो साउन २६ देखि ३१ सम्म आयोजना हुने

    काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले २०८३ साउन २६ गते देखि ३१ गते सम्म ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’ आयोजना गर्ने भएको छ । संस्थाको पहिलो वार्षिक साधारणसभाले आउँदो साउन २६ देखि ३१ सम्म एक्स्पो आयोजना गर्ने तालिका पारित गरेको हो ।



     

    नाइमाले गत साउनमा पहिलोपटक नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरेको थियो । अध्यक्ष रितु सिंह वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताउँदै गत साउनको एक्सपो सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरिन् ।

     

    उक्त एक्स्पोले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरुलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु संञ्चालन गरेर संस्थाको भूमिकालाई अझ बृहत्तर र विश्वसनीय बनाएको उनको भनाइ छ ।

     

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तिय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तिय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालिन उद्देश्य हाँसिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तिय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता जनाए ।

     

    सभाले संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेघाटेक ग्रुप प्रा.लि.लाई नयाँ सदस्यता प्रदान गरेको छ । उक्त कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरिएको नाइमाले जनाएको छ ।


    अर्थ चौतारी
  • सोमबार, २९ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट