logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अपी पावरको लाभांश घोषणा, पुस २९ गते साधारणसभा हुने

    अपी पावरको लाभांश घोषणा, पुस २९ गते साधारणसभा हुने

    1.5K
    SHARES
    अपी पावरको लाभांश घोषणा, पुस २९ गते साधारणसभा हुने

    काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रयोजनार्थ छुट्याइएको छ ।



     

    कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतका दरले १९१ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पनि गरेको छ। यी दुवै निर्णय पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ।

     

    सभाले बोनस सेयर तथा हकप्रद सेयर जारी गर्न नियमनकारी निकायबाट आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, हालसम्म भएको स्वपुँजी लगानी अनुमोदन तथा थप स्वपुँजी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

     

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट