logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • पाँच महिनामा ४४ अर्ब बराबरको सवारी साधन आयात, ईभी आयात घट्यो

    पाँच महिनामा ४४ अर्ब बराबरको सवारी साधन आयात, ईभी आयात घट्यो

    2.8K
    SHARES
    पाँच महिनामा ४४ अर्ब बराबरको सवारी साधन आयात, ईभी आयात घट्यो

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा नेपालमा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको हो ।



     

    विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सवारी साधन आयातमा वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा करिब ३८ अर्ब रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । तर, अघिल्लो महिनाको तुलनामा विद्युतीय सवारी साधन आयात घटेको छ । पाँच महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरका २३ हजार २६ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।

     

    गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ बराबरका १८ हजार ४६१ युनिट विद्युतीय सवारीसाधन आयात गरिएको थियो । त्यस्तै, २९ अर्ब २६ करोड रुपैयाँ बराबरका १ लाख ३८ हजार २३० युनिट इन्धन सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ३१ अर्ब ३३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ ।

     

    गत आवको पाँच महिनामा २० अर्ब २८ करोड रुपैयाँ बराबरका १ लाख १० हजार ४९ युनिट इन्धन सवारीसाधन आयात भएका थिए । हुन्डाइ लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दीपक थपलियाले भदौ र असोजको तुलनामा कमी आएको बताए । उनले चाडपर्वको समयमा धेरै आयात हुने गरेकाले मंसिर पुस महिनामा कमी आउन स्वाभाविक भएको बताए ।

     

    उनले भने,‘ थोरै कमी देखिएको छ तर स्वाभाविक हो । सिजनको समयमा धेरै आयात हुन्छ । अहिले अफसिजन भएकाले थोरै विद्युतीय सवारी साधनमा कमी देखिएको हो । व्यवसायीहरूको लागि हरेक वर्ष हुने निरन्तर प्रक्रिया हो ।’


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट