logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • हिमालयन बैंकले यसपटक पनि सेयरधनीलाई लाभांश नदिने

    हिमालयन बैंकले यसपटक पनि सेयरधनीलाई लाभांश नदिने

    1.4K
    SHARES
    हिमालयन बैंकले यसपटक पनि सेयरधनीलाई लाभांश नदिने

    काठमाण्डौ । हिमालयन बैंकले यसपाली पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।



     

    बैंकले लगातार पछिल्लो ३ बर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । बैंकले पछिल्लो समय आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट सयरधनीलाई ११.११ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसयता सेयरधनीको हात खाली हुँदै आएको छ ।

     

    गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ । बैंकले उक्त निर्णय वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि सो वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गरिने छ ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट