काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आगामी साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.४६६१ को अनुपातमा ४६.६१ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस २९ गते बोलाएको साधारणससभाको विशेष प्रस्तावमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको छ।
कम्पनीले यस अघि गत असारमा १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गरेको थियो। एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
अर्थ चौतारी ।