logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नाडामा विवाद : साधारण सभा रोक्न माग गर्दै सदस्यहरू अदालत र प्रशासनमा

    नाडामा विवाद : साधारण सभा रोक्न माग गर्दै सदस्यहरू अदालत र प्रशासनमा

    1.4K
    SHARES
    नाडामा विवाद : साधारण सभा रोक्न माग गर्दै सदस्यहरू अदालत र प्रशासनमा

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा पुन:विवादमा तानिएको छ । नाडाको ४९ औं वार्षिक साधारण सभा विधान विपरीत हुन लागेको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका हुन् । वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिए पनि निर्वाचन नगरी साधारण सभा गर्न लागिएको भन्दै सदस्य आकाश गोल्छा लगायतको समूहले रोक्न अदालत र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।



     

    नाडाका सदस्य आकाश गोल्छाका अनुसार संस्थाको विधानमा कार्यसमितिको कार्यकाल दुई वर्षको हुने र दोस्रो साधारण सभामा निर्वाचन हुनै पर्ने स्पष्ट व्यवस्था छ । तर वर्तमान कार्यसमितिले निर्वाचन बिनै साधारण सभा गर्न लागेर विधानको उल्लंघन गरेको उनको आरोप छ । नाडाको कार्यसमितिले मंसिर १५ गते बसेको बैठकबाट पुस ९ गते साधारण सभा गर्ने निर्णय गरे पनि त्यसलाई रोक्न माग गर्दै केही सदस्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सोमबार निवेदन दर्ता गराएका छन् ।

     

     

    निर्वाचन कार्यक्रम नै सार्वजनिक नगरी अवैधानिक रूपमा साधारण सभा गर्न लागिएको दाबी गर्दै उनीहरूले सभा तत्काल रोक्न माग गरेका हुन् । नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन अनिवार्य व्यवस्था गरिएको छ । नाडाले यसअघि २०८० साल पुस २० गते सम्पन्न साधारण सभाबाट नयाँ नेतृत्व चयन गरेको थियो । सो कार्यसमितिको कार्यकाल यही पुस १९ गते समाप्त हुँदैछ । तर कार्यकाल समाप्त हुनै लाग्दा पनि नाडाले निर्वाचन प्रक्रिया अगाडि नबढाएको भन्दै सदस्यहरू असन्तुष्ट देखिएका हुन् ।

     

     

    विधानमा स्पष्ट रूपमा साधारण सभा हुनुभन्दा कम्तीमा १५ दिनअघि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर पुस ९ गते साधारण सभाको मिति तोकिएको भए पनि हालसम्म निर्वाचन तालिका सार्वजनिक गरिएको छैन । ‘चुनाव नगरिकन दोस्रो साधारण सभा कसरी हुन सक्छ ? यो विधानसम्मत छैन,’ गोल्छाले भने, ‘यसरी विधान विपरीत सभा गर्दा पछि अदालतले बदर गर्न सक्ने र यसले संस्थाको पैसा मात्र खेर जाने जोखिम छ ।’

     

     

    यो विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको र अहिलेसम्म कुनै आदेश नआएको उनले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि यस विषयमा ध्यानाकर्षण गराइएको छ तर त्यहाँबाट पनि कुनै निर्णय आएको छैन । यसले गर्दा भोलि हुने भनिएको साधारण सभा हुने वा नहुने भन्नेमा अन्योलता बढेको छ । असन्तुष्ट पक्षको निवेदनका बाबजुद वर्तमान कार्यसमितिले साधारण सभाको तयारीलाई अघि बढाइरहेको देखिन्छ ।

     

     

    गोल्छाले भने, ‘हामीले गलत प्रक्रियाका विरुद्ध आवाज उठाएका हौं । जबसम्म यो प्रक्रिया सच्याइँदैन, तबसम्म हामी लडिरहन्छौँ ।’ अदालत र प्रशासनबाट कुनै अन्तिम निर्णय नआइसकेको अवस्थामा साधारण सभा आयोजना गरिए त्यसको वैधानिकतामाथि नै प्रश्न उठ्ने असन्तुष्ट पक्षको भनाइ छ । निर्वाचनबिना साधारण सभा गरिनु विधान विपरीत हुने र यसले संस्थालाई थप कानुनी जटिलतामा धकेल्न सक्ने निवेदनमा उल्लेख छ ।

     

     

    गोल्छासहित ८ जना कार्यसमिति सदस्यले मंगलबार (आज) नाडा अध्यक्ष करण चौधरीलाई पत्र लेख्दै बुधबार हुने ४७ औं वार्षिक साधारण सभा रोक्न माग गरेका छन्। नाडाले आफूलाई महासंघ बनाउने एजेन्डासहित भोलि ललितपुरको स्थित होटल द प्लाजामा साधारण सभा गर्दैछ।


    अर्थ चौतारी
  • मंगलबार, ८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट