logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    819
    SHARES
    एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाण्डौ । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ ।



    पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी राष्ट्र बैंकसँग अनुमति माग गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ छ, जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ४५ हजार ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

     

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्काशन हुनेछ । बैंकले २०७६ सालदेखि नै हकप्रद सेयर जारी गरी पुँजीकोष माथिको सकस कम गर्ने प्रयास गर्दै आएको थियो । तर, राष्ट्र बैंकले भने वाणिज्य बैंकहरुलाई हकप्रद जारी गर्न नदिने रणनीति अपनाएको थियो ।

    पुँजीकोष सकसमा परेको समयमा पछिल्लो समय एनआईसी एशिया अग्राधिकार सेयर जारी गर्ने सम्मको सोचमा थियो । उतिबेला न्यूनतम प्राथमिक पुँजीकोष कायम गर्न नसकेपछि राष्ट्र बैंकले केही वर्ष बैंकलाई लाभांश वितरणमा नै रोक लगाएको थियो । यसले पुँजी संकटको अवस्था यथावत नै राख्यो ।

     

    अहिले आएर नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आएपछि मौद्रिक नीतिमा नै पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकको स्वीकृतिमा आवश्यक्ताअनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ भन्ने लेखिएको थियो । राष्ट्र बैंक पुँजी बढाउन लचिलो देखिएपछि एनआईसी एशिया बैंकले पुँजी बढाउन केन्द्रीय बैंकसँग हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, २० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट