logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

    कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

    871
    SHARES
    कल्याणपुर नगरपालिकाका पूर्वमेयर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाण्डौ । सिराहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह तेली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँले सोमबार उनलाई घुस लिएको अभियोगमा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।



    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले तेलीलाई घुस लिएको अभियोगमा भ्रष्टाचार ठहर गरेको हो । मेयर तेलीले नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ को पक्की नाला निर्माण योजनाको भुक्तानी मिलाइदिने बहानामा उपभोक्ता समितिका अध्यक्ष जसोधा कुमारीसँग १ लाख रुपैयाँ घुस मागेका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले खटाएको टोलीले तेलीलाई उक्त घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो । अदालतमा तेलीले उक्त रकम छोराको व्यापारिक कारोबारको भएको दाबी गरे पनि मोबाइल संवादको स्क्रिप्ट र बरामद नोटको नम्बर भिड्दा उनी दोषी देखिएका हुन् ।

    अदालतले तेलीलाई १ लाख रुपैयाँ जरिवानाका साथै अपराध पीडित संरक्षण कोषमा ४ हजार रुपैयाँ शुल्क बुझाउन समेत आदेश दिएको छ ।

    यसैबिच, सोही मुद्दामा प्रतिवादी बनाइएकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीले भने सफाइ पाएकी छिन् । उनले अदालतमा बयान फेरेको (होस्टायल भएको) भन्दै अख्तियारले मुद्दा चलाए पनि उनले जानीजानी भ्रष्टाचार गरेको पुष्टि हुने ठोस प्रमाण नभेटिएकाले अदालतले उनलाई सफाइ दिएको हो ।


    अर्थ चाैतारी
  • सोमबार, २८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट